अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

जिल्लाकै पहिलो रेडियो आँधीखोला २०औँ वर्षमा प्रवेश

news

 
रेडियो आँधीखोला
वालिङ, ६ मंसिर । 
आँधीखोला सञ्चार सहकारी संस्था लिमिटेड वालिङ–८ द्वारा सञ्चालित स्याङ्जा जिल्लाकै पहिलो सामुदायिक रेडियो ‘रेडियो आँधीखोला एफएम १०५.४ मेगाहर्ज’ आजदेखि २०औँ वर्षमा प्रवेश गरेको छ । वि.सं. २०६३ सालमा स्थापना भई २०६४ साल मङ्सिर ६ गतेदेखि नियमित प्रसारण सुरु गरेको यस रेडियोले १९ वर्ष पूरा गरी २०औँ वर्षमा पाइला टेकेको हो । जिल्लाको मध्यभाग वालिङ–८ घ्याङ्लिङमा स्टेसन रहेको रेडियोले स्थापनाकालदेखि नै समाजलाई सुसूचित र सचेत बनाउन अनवरत रूपमा काम गर्दै आएको छ ।
संस्थाका अध्यक्ष शान्ता थापाले हरेक वर्गको आवाजलाई ध्वनि तरङ्गमार्फत विश्वभर पुरÞ्याउँदै आइरहेको रेडियोलाई यस उचाइसम्म ल्याइपुरÞ्याउन सबै पक्षको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको बताउनुभयो। अध्यक्ष थापाले भन्नुभयो, “रेडियोलाई २०औँ वर्षसम्म ल्याइपुरÞ्याउन सरोकारवाला सबैको उत्तिकै महत्त्वपूर्ण भूमिका छ। रेडियोलाई समयअनुसार परिष्कृत र परिमार्जन गर्दै अझ लामो यात्रा तय गर्ने हाम्रो लक्ष्य हो।”
बढ्दो प्रविधिको युगमा रेडियोलाई समयसापेक्ष अगाडि बढाउँदै आवाजविहीनहरूको आवाज बन्ने तथा समाज रूपान्तरणको बलियो स्तम्भका रूपमा स्थापित गर्ने अध्यक्ष थापाको भनाइ छ । वार्षिकोत्सवको अवसरमा आज रेडियो प्राङ्गणमा पूजापाठ तथा साँझ दीप प्रज्वलन गरिँदैछ ।
२०६२÷०६३ को जनआन्दोलनपछि जिल्लामा स्थानीय सञ्चार माध्यमको आवश्यकता महसुस गरी यहाँका राजनीतिक दल, बुद्धिजीवी र समाजसेवीहरूको सामूहिक पहलमा रेडियो आँधीखोलाको स्थापना गरिएको हो। हाल ५०० वाट क्षमताबाट दैनिक १८ घण्टा प्रसारण भइरहेको यो रेडियो गण्डकी र लुम्बिनी प्रदेशका १८ जिल्लामा प्रत्यक्ष सुन्न सकिन्छ । यसका साथै रेडियोको आधिकारिक वेबसाइट धधध।चबमष्यबबलमजष्पजयबि।यचन र हाम्रो पात्रो  एपमार्फत विश्वभरबाट प्रत्यक्ष सुन्न तथा स्थानीय, प्रादेशिक र राष्ट्रिय समाचारहरू पढ्न सकिने व्यवस्था छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...