अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Songs & Add

समाचार

कालीगण्डीकामा सातौँ अध्यक्ष कप खेलकुद सुरु

news

 
रेडियो आँधीखोला
वालिङ, ७ मंसिर । 
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा सातौँ अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ ।   आइतबारदेखि पालिकाको वडा नं –५ मिर्मी खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । खेलकुद प्रतियोगिताको पूर्वमन्त्री पद्मा कुमारी अर्यालले उद्घाटन गर्नुभयो । 
तीन दिन चल्ने प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन एकल÷डबल, टिटी एकल÷डबल, दौड एक सय, दुई सय, एक हजार पाँच सय, बुद्धिचालसहित महिला, पुरुष गरेर २२ स्वर्ण, २२ रजत र २२ कास्य पदकमा प्रतिस्पर्धा हुनेछ ।  प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने वडाले कप, मेडल र प्रमाण पत्रसहित नगद पाउने छन् भने विजेता खेलाडीले नगदसहित कप, मेडल र प्रमाणपत्र पाउने छन् । 
प्रतियोगितामा हरेक वडाका ९२ जना खेलाडी, छ जना खेल संयोजक गरेर ६८६ जना सहभागि भएको पालिका प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले जानकारी दिनुभयो ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...