अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Songs & Add

समाचार

फेदीखोला गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट गाउँपालिकाकाको रूपमा सम्मानित

news

 
रेडियो आँधीखोला
वालिङ, ७ मंसिर । 
स्याङ्जाको फेदिखोला गाउँपालिका सम्मानित भएको छ । नेपालको विद्यालय शिक्षा तथा समग्र शिक्षा प्रणालीमा नेतृत्व, गुणस्तर, नवप्रवर्तन, उत्तरदायित्व र उत्कृष्ट अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रधानाध्यापक संघ नेपाल -Principals Association of Nepal – PAN_ द्वारा जनकपुरधाममा आयोजित तेस्रो राष्ट्रिय सम्मेलन–२०८३ को अवसरमा स्याङ्जाको फेदीखोला गाउँपालिकालाई गण्डकी प्रदेशको उत्कृष्ट गाउँपालिकाका रूपमा सम्मान गरेको हो । फेदीखोला शिक्षा क्षेत्रको कार्यसम्पादनका आधारमा गण्डकी प्रदेशका ८५ पालिकामध्ये उत्कृष्ट गाउँपालिकाका रूपमा राष्ट्रिय स्तरमा सम्मानित भएको हो ।
संघले प्रत्येक वर्ष राष्ट्रिय सम्मेलनको आयोजना गरी शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने विद्यालय, प्रधानाध्यापक, स्थानीय सरकार, विशिष्ट शिक्षाविद् तथा सञ्चारकर्मीहरूलाई उनीहरूको योग्यता, उपलब्धि, प्रभाव, नेतृत्व क्षमता, नवप्रवर्तन र वास्तविक योगदानका आधारमा विभिन्न राष्ट्रिय पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ ।
गण्डकी प्रदेशस्तरीय पुरस्कार तथा सम्मान वितरणका लागि गठित समितिले निष्पक्ष, पारदर्शी, विश्वसनीय र योग्यतामा आधारित छनोट प्रक्रिया अवलम्बन गर्दै सम्बन्धित प्रमाण, उपलब्धि र उत्कृष्ट अभ्यासलाई मूल्याङ्कनको आधार बनाएको थियो। फेदीखोला गाउँपालिकाले शिक्षा क्षेत्रमा अघि सारेका नीतिगत प्रयास, संस्थागत सुधार, शैक्षिक गुणस्तर अभिवृद्धि, नवप्रवर्तन तथा परिणाममुखी कार्यसम्पादनको आधारमा पुरस्कार प्राप्त गरेको हो । 
यो पुरस्कार सिंगो पालिकाबासीको लागि गौरवको विषय भएको भन्दै आगामी दिनमा अझै राम्रा तथा पालिकामैत्रि कार्य गर्नका लागि उर्जा प्रदान गरेको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो । पालिकाले शिक्षा क्षेत्रलाई प्राथामिकतामा राखेर बजेट विनियोजन गर्दै आएको भन्दै एक विद्यालय एक आईटि शिक्षक, एक शिक्षक एक ल्यापटप तथा प्रविधिमैत्रि विद्यालय बनाउँदै विद्यार्थीमा नवप्रर्वतन एआई अभ्यासमा समेत विद्यार्थीलाई प्रोत्साहन गर्दै आएको छ । 
यस्तै, यहाँका सबै शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको छ भने विद्यालय कर्मचारी तथा बालविकास कर्मचारीलाई गाउँपालिकाले न्यूनतम सुविधा उपलब्ध गराएको अध्यक्ष सुवेदीले बताउनुभयो । त्यसैगरी, हरेक विद्यार्थीको बैङ्क खाता, ‘एक विद्यालय एक उद्यम’, हरेक विद्यालयमा मौरी समूह, अभिभावक सचेतना र शैक्षिक नतिजाका क्षेत्रमा पनि फेदीखोला जिल्लामै उत्कृष्ट रहेको गाउँपालिकाले जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...