अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

राप्रपाको केन्द्रीय समितिमा ४ सय जना थपिए

news

 
 
२५ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले केन्द्रीय कार्यसमिति विस्तार गरेको छ । राप्रपाले आफ्नो ३२७ सदस्यीय केन्द्रीय समितिमा नयाँ ४०० सदस्य थप गरी केन्द्रीय कार्य समितिको संख्या ७२७ पुर्‍याएको छ ।
 
राप्रपाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्य समिति विस्तार भएको जानकारी दिएको हो । पार्टीको विधान तथा पार्टी एकीकरण सम्बन्धी आधारपत्र बमोजिम अध्यक्षत्रयको सहमति अनुसार केन्द्रीय कार्य समिति विस्तार गरिएको राप्रपाले जनाएको छ ।
 
एकीकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलो पटक केन्द्रीय कार्य समितिको विस्तार भएको राप्रपाले जनाएको छ ।
 
सो पार्टीले असोज २९ गतेसम्म जिल्ला स्तरमा समायोजन सम्पन्न गरिसक्ने र आगामी वैशाख २५ देखी २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा लाग्ने बताएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...