अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

लिबियाबाट अपहरणमा परेका सात भारतीय मुक्त

news

 
असोज २६, 
काठमाण्डौ । लिबियामा अपहरणमा परेका सात जना भारतीय नागरिक अपहरणमुक्त भएको बताइएको छ । ट्युनिसियाका लागि भारतीय राजदूतले यस कुराको जानकारी दिनुभएको हो । उहाँले अपहरणमा परेका सात जना भारतीय नागरिकलाई आइतबार अपहरणकारीले मुक्त गरेका जानकारी दिनुभयो ।
 
 
उनीहरु लिबियाको आसेरिफ भन्ने ठाउँबाट गएको सेप्टेम्बरको १४ तारिखमा अपहरणमा परेका थिए । उनीहरु भारतको आन्ध्र प्रदेश, बिहार, गुजरात र उत्तर प्रदेशका नागरिक रहेका पनि उहाँले बताउनुभयो ।
भारतले गएको बिहीबार मात्र आफ्ना नागरिकहरु अपहरणमा परेका जनाएको थियो । त्यसपछि ट्युनिसियामा रहेको भारतीय दूतावासले उनीहरुको अवस्थाको बारेमा खोजी सुरु गरेको थियो ।
 
भारतीय विदेश मन्त्रालयका प्रवक्ताले आफ्ना नागरिकहरु लिबियामा अपहरणमा परेका र उनीहरुको खोजी कार्य जारी रहेको जानकारी गएको बिहीबार मात्र दिनुभएको थियो । लिबियामा भारतको राजदूतावास नरहेकोले ट्युनिसियामा रहेको दूतावासबाट उनीहरुको बारेमा खोजी थालिएको थियो । 
 
भारत सरकारले लिबिया सरकार र अरु पनि अधिकारवादी संघसंस्थाहरुलाई आफ्ना नागरिकको खोजी गरिदिन आग्रह गरेको थियो । पछि अपहरणकारीहरुले नै भारतीय नागरिक आफ्नो सम्पर्कमा रहेका र उनीहरु सकुशल रहेका भनी तस्बिर सार्वजनिक गरेका थिए । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...