अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

सार्वजनिक गाडीका सबै सिटमा यात्रु चढाउन दिने सरकारको निर्णय

 असोज २७, २०७७ मंगलबार , काठमाण्डाै 
 
सरकारले सार्वजनिक गाडीका सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको छ ।
 
हिजो बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक गाडीका सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । 
उहाँका अनुसार पूरै सिटमा यात्रु बस्न दिने निर्णयसँगै अब सार्वजनिक गाडीले भाडा पनि पुरानै दरमा लिनुपर्नेछ । यस्तै कोरोना सङ्क्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड भने अनिवार्य पालना गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।
 
सरकारले यसअघि काठमाण्डाै उपत्यकामा भदौ २५ गतेदेखि र लामो दूरीका गाडीमा असोज १ गतेदेखि आधा सिटमा मात्र यात्रु राखेर चलाउन दिएको थियो । यसरी आधा सिटमा मात्र यात्रु राख्न तोकिएको भाडामा ५० प्रतिशतसम्म बढी लिन पाउने व्यवस्था थियो । तर व्यवसायीले भने तोकिएकोभन्दा दोब्बरसम्म भाडा लिँदै आएका गुनासो यात्रुको छ ।
 
त्यही निर्णयलाई उल्ट्याउँदै सरकारले अब सार्वजनिक गाडीका पूरै सिटमा यात्रु राख्न दिने निर्णय गरेको हो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...