अहिले तरंगमा

केहि छिनमा

समाचार

आज मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो देखिने

असोज २७, २०७७ मंगलबार काठमाण्डौ 
आज मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो देखिने भएको छ । 
 
 
आज राति मंगल ग्रह पृथ्वी र सूर्यको सिधा रहने भएकाे अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जानकारी दिएको छ । मतलब तीनै ग्रह १८० डिग्री कोणमा हुनेछन् । यो घटनालाई खगोलशास्त्रको भाषामा मंगल ग्रहको ‘अपोजिशन’ भनिन्छ । मंगल ग्रहको अपोजिशनको घटना प्रत्यक दुई वर्षमा हुन्छ । 
 
आज राति नजिक देखिने पृथ्वी र मंगल ग्रह अब सन् २०२२ को डिसेम्बरअघि नजिक देखिने छैनन् । अपोजिशनको खगोलीय घटना आज राति हुने भए पनि गएको मंगलबार ६ अक्टोबरमा नै मंगल ग्रह पृथ्वीको सबैभन्दा नजिक आएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...