अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

सरकारले पठाएको अनुदान रकम दशैँअघि नै भुक्तानी गर्न उखु किसानको माग

 असोज २८, २०७७ बुधबार काठमाण्डाै – सर्लाहीका उखु किसानले सरकारले पठाएको अनुदान रकम दशैँअघि नै भुक्तानी गर्न माग गरेका छन् ।
 
गएको वर्ष जिल्लाका उखु उत्पादक किसानले पाउनुपर्ने सरकारी अनुदानको रकम केही दिनअघि कोष तथा लेखा नियन्त्रक कार्यालय मलङ्गवामा पठाएको छ । सर्लाहीका उखु किसानका लागि २१ करोड ७९ लाख ३८ हजार ६५ रुपैयाँ निकासा हुनुपर्ने भए पनि २१ करोड ३४ लाख ९५ हजार निकासा भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका प्रमुख जगतप्रसाद थपलियाले जानकारी दिनुभयो ।
 
अहिलेसम्म आएको रकम तत्काल उखु किसानलाई भुक्तानी गर्न माग गर्दै सर्लाहीका उखु उत्पादक किसानहरुले प्रमुख जिल्ला अधिकारीसमक्ष ध्यानाकर्षणपत्र समेत बुझाएका नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिनुभयो ।
 
अघिल्ला वर्षहरुमा चिनी उद्योगलाई निकासा गर्ने र उद्योगले किसानको बैंक खातामा जम्मा गरिदिने व्यवस्था भए पनि यसवर्ष भने कोष तथा लेखा नियन्त्रक कार्यालयले सोझै किसानको बैंक खातामा रकम हाल्ने व्यवस्था रहेको प्रमुख थपलियाले बताउनुभयो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...