अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

गरिबी निवारण दिवस नेपालको झण्डै १९ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि

news

 
कात्तिक १, २०७७ शनिबार   काठमाण्डौ  - आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, नेपालमा पनि मनाइँदैछ । 
‘सबैका लागि सामाजिक र वातावरणीय न्याय हासिल गर्न सहकार्य’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । सन् १९९२ देखि हरेक वर्ष अक्टोबर १७ मा यो दिवस विश्वभर मनाउन थालिएको हो । सन् २०३० सम्म विश्वव्यापी रुपमा दिगो विकासको लक्ष्य राखिएको छ । राष्ट्रसंघले विकासोन्मुख देशमा खाना, नाना र छानाको अभावमा रहेका नागरिकलाई गरिबीको सूचकाङ्कमा रुपमा राखेको छ ।
 
नेपालको झण्डै १९ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको छ । गरिब पहिचान कार्यक्रम अन्तर्गत २६ जिल्लाका झण्डै ४ लाख गरिब परिवार पहिचान भएको र अहिले २३ जिल्लामा पहिचानको काम भइरहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।
 
दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गरिबीबाट समृद्धितर्फ र विपन्नताबाट सम्पन्नतातर्फ लैजाने राष्ट्रिय आकाङ्क्षा पूरा गर्न दिवसले उत्प्रेरणा प्रदान गर्ने बताउनुएको छ । त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पनि कोरोना महामारीले गरिबीको दुषचक्र झनै बढाएको भन्दै गरिबी घटाउन अझ धेरै प्रयासहरु आवश्यक रहेको बताउनुभएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...