अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

दशैँका लागि काठमाण्डौबाट बाहिरिनेको संख्या बढ्दै, अग्रिम टिकट बुकिङ्ग नखुल्ने

news

 
कात्तिक ३, २०७७ सोमबार  , काठमाण्डौ- दशैँका लागि काठमाण्डौबाट बाहिरिनेको संख्या बढ्दै गएको छ । 
 
विगतका वर्षहरुमा जस्तो काठमाण्डौ छोड्नेहरुको चाप र चहलपहल नभए पनि घटस्थापनादेखि गाउँ जानेहरुको संख्या भने केही दिनदेखि बढ्न थालेको हो । अहिले दैनिक २१ हजारको हाराहारीमा यात्रु बाहिरिने गरेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
 
गएको २४ घण्टामा ४ हजार ४ सय ६० वटा गाडीमार्फत १६ हजार २ सय ७७ जना यात्रु काठमाण्डौ भित्रिएका छन् भने ४ हजार ६ सय ५८ वटा गाडीमार्फत २३ हजार ३ सय ९० यात्रु बाहिरिएका छन् । हिजो २१ हजार ५ सय ७३ यात्रु बाहिरिएका छन् । १७ हजार ३ सय जना काठमाण्डौ भित्रिएका छन् । घटस्थापनाको दिन कात्तिक एक गते २१ हजार ४ सय ७२ यात्रुले काठमाण्डौ छोडेका थिए ।
 
घटस्थापनाको दिन १६ हजार ६ सय यात्रु काठमाण्डौ भित्रिएको महाशाखाले जनाएको छ । अब फूलपातीसम्म बाहिर जानेको संख्या बढ्दै जाने र भित्रिनेको संख्या कम हुँदै जाने महाशाखाका प्रवक्ता प्रहरी निरीक्षक रामेश्वरप्रसाद यादवले बताउनुभयो ।
 
गएका वर्षहरुमा दशैँ सुरु हुनुभन्दा अगाडिदेखि नै बजारमा किनमेल गर्ने, गाउँघर जाने र काठमाण्डौ छिर्नेको भीडभाड हुने गर्थ्याे । कोरोना महामारीका कारण यो वर्ष गाउँघर फर्कने र उपत्यका छिर्नेको सख्या पनि तुलनात्मक रुपमा कम छ । काठमाण्डौ उपत्यका भित्रिने र बाहिरिने यात्रुको संख्या कम भएकाले अग्रिम टिकट बुकिङ्ग भने नखुल्ने भएको छ ।
 
यो वर्ष अग्रिम टिकट बुकिङ्ग नखुल्ने यातायात व्यवस्था विभागले जनाएको छ । यात्रुको चाप नभएको र अहिले चलिरहेका गाडीले नै धान्ने भएकाले अग्रिम टिकट बुकिङ्ग खुलाउनु नपर्ने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...