अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

इटालीमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थाल्यो, प्रतिबन्धात्मक नियमहरुको घोषणा

news

कात्तिक ३, २०७७ सोमबार,  काठमाण्डौ - इटालीमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । 
 
सङ्क्रमण बढ्न थालेपछि इटाली सरकारले लकडाउनको विकल्पको खोजी गर्दै नयाँ प्रतिबन्धात्मक नियमहरु घोषणा गरेको छ । प्रधानमन्त्री जुसेपे कोन्तेले फेरि लकडाउनको अवस्था आउन नदिनका लागि प्रतिबन्धात्मक उपायहरु लागू गर्नु परेको बताउनुभएको बीबीसीको खबरमा उल्लेख छ ।
 
स्कुलका माथिल्लो कक्षाका विद्यार्थीहरुको विद्यालय समय कम गर्ने तथा सकेसम्म घरबाटै अध्ययन गर्ने व्यवस्था मिलाउने, बार तथा रेस्टुरेन्टहरु मध्यरातमा बन्द गर्नुपर्ने, बढीमा एक समूहमा ६ जना जम्मा हुन पाउने तथा स्थानीय सभा सम्मेलन तथा उत्सवहरु गर्न नपाइने भएको छ ।
 
इटालीमा पछिल्ला दिनहरुमा लगातार सङ्क्रमितको संख्या बढ्दै गएको छ । हिजो एकै दिन ११ हजार ७ सय ५ जनामा सङ्क्रमण पुष्टि भएको छ । कोरोना भाइरसको महामारीको पहिलो लहरमा युरोपमा सबैभन्दा पहिले सबैभन्दा बढी प्रभावित हुने देश इटालीमा अहिले महामारीको दोस्रो लहर सुरु भएको हो ।
 
युरोपका अरु देशहरुमा पनि सङ्क्रमण बढ्दै गएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...