अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

आज बडा दशैँको पाँचौ दिन : स्कन्दमाता भगवतीको पूजा गरेर मनाईंदै

news

कात्तिक ५, २०७७ बुधबार , काठमाण्डाै – बडा दशैंको पाँचौ दिन आज स्कन्दमाता भगवतीको पूजा गरेर मनाईंदै छ ।
 
दुर्गा भवानीको ९ रुपममध्ये पाँचौ रुप स्कन्दमाता भगवतीको पूजा गर्ने चलन छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौ दिन स्कन्दमाताको पूजा गर्ने परम्परा छ ।
 
त्यस्तै, छैटौ दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक मान्यता रहिआएकाे छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ ।
 
अघिल्ला वर्षहरुमा देशभरका विभिन्न शक्तिपीठहरुमा पूजाका लागि भक्तजनहरुको घुईंचो लागे पनि यो वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलने जोखिमका कारण भीडभाड कम देखिएको छ । कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले सरकारले पनि मन्दिरहरुमा नियमित पूजा बाहेक भक्तजनहरुका लागि रोक लगाउने निर्णय गरेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...