अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

बडादशैँको आज छैठौं दिन, कात्यायनी भगवतीको पूजा गरिँदै

news

 
कात्तिक ६, २०७७ बिहिबार ,काठमाण्डौ - बडादशैँ अन्तर्गत आज छैठौं दिन कात्यायनी भगवतीको पूजा गरिँदैछ। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रुपहरुको पूजा गरिन्छ ।
आजको दिनमा कात्यायनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख जस्ता संकट नाश हुने धार्मिक विश्वास रहेको छ । नवरात्रिका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
 
अघिल्ला वर्षहरुमा देवीदुर्गाका मन्दिर तथा शक्तिपीठहरुमा दर्शनका लागि दर्शनार्थीको भीड लाग्ने गरेको थियो । तर यसपालि कोरोना सङ्क्रमण जोखिमका कारण देवीदुर्गाका मठमन्दिर तथा शक्तिपीठहरुमा विधि पूजाबाहेक दर्शनार्थीको भीडभाड नहुँदा सुनसान छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...