अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

कोरोना सङ्क्रमित १० लाख हुने देशको सूचीमा फ्रान्स साताैं स्थानमा

news

कात्तिक ८, २०७७ शनिबार , काठमाण्डाै - फ्रान्समा कोरोना सङ्क्रमितको संख्या १० लाख नाघेको छ । 
गएको २४ घण्टामा ४२ हजारभन्दा धेरैमा कोरोना पोजेटिभ देखिएसँगै फ्रान्समा सङ्क्रमितको संख्या १० लाख ४१ हजार नाघेको हो ।
योसँगै १० लाख सङ्क्रमित नाघ्ने देशको सूचीमा फ्रान्स सातौं स्थानमा पुगेको छ । 
 
अमेरिका, भारत, ब्राजिल, रुस, स्पेन र अर्जेन्टीनामा सङ्क्रमितको संख्या १० लाख नाघिसकेको छ । अहिले विश्वभर ४ करोड २४ लाखमा कोरोना पुष्टि भएको वल्ड्रोमिटरले जनाएको छ । जसमध्ये ३ करोड १४ लाख निको भएका छन्।
 
११ लाख ४८ हजारको भने ज्यान गएको छ । यस्तै ९८ लाख ९३ हजार सक्रिय सङ्क्रमितमध्ये १ प्रतिशत अर्थात् ७६ हजारको अवस्था जटिल रहेको र बाँकी ९८ लाख १७ हजारको अवस्था सामान्य छ । गएको २४ घण्टामा मात्रै विश्वभर ४ लाख ८४ हजारभन्दा धेरैमा कोरोना पुष्टि हुँदा ६ हजार ४ सय ९५ जनाको ज्यान गएको वल्ड्रोमिटरले जनाएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...