अहिले तरंगमा

केहि छिनमा

समाचार

अफगानिस्तानकाे राजधानीमा आत्मघाती बम विस्फाेट, १८ काे ज्यान गयाे

news

कात्तिक ९, २०७७ आइतबार
काठमाण्डाै – अफगानिस्तानकाे राजधानी काबुलमा रहेकाे एक शिक्षा केन्द्रबाहिर भएको आत्मघाती आक्रमणमा कम्तीमा १८ जनाको ज्यान गएको छ । 
 
यो आक्रमण एक निजी संस्थाको बाहिर भएको हो, जसले उच्च शिक्षाको कैयौँ कोर्स गराउँदै आएको थियो । 
 
सिया मुसलमान धेरै भएका क्षेत्र दश्त–ए–बार्चीको यस भवनमा सैयौँको सङ्ख्यामा मानिसहरु हुने गर्दछन् । 
 
आक्रमणका घाइते भएका कैयौँलाई अस्पताल लगिदैछ भने ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । 
 
इस्लामिक स्टेट समूहले सामाजिक सञ्जालमा एक पोस्टमा आक्रमणको जिम्मा लिएको सन्देश दिए पनि कुनै प्रमाण पेस गरेको छैन । यसअघि तालिबानले आफू घटनामा सामेल नभएको बताएको थियो ।  
 
आक्रमणपछि गृह मन्त्रालयका प्रवक्ता तारिक एरिएनले एक विज्ञप्ति निकाल्दै भन्नुभएकाे छ, 'एक आत्मघाती आक्रमणकारीले शिक्षा केन्द्रकाे भवनभित्र पस्ने काेसिस गरे । सुरक्षाकर्मीहरुले उनकाे पहिचान गरेपछि उनले ढाेकामा नै विस्फाेट गराए ।' 
 
एक स्थानीय नागरिक अली रेजाले समाचार एजेन्सी एएफपीलाई ज्यान गुमाउनेमा धेरै विद्यार्थी भएकाे जानकारी दिनुभयाे । आक्रमणकाे समयमा अधिकांश विद्यार्थी भवनभित्र पस्नका लागि ढाेकाबाहिर उभिएका थिए । उहाँले भन्नुभयाे, 'शक्तिशाली विस्फाेट हुँदा म त्यहाँबाट झण्डै एक सय मिटरकाे दुरीमा थिएँ ।'
 
पछिल्ला केही हप्तायता अफगानिस्तानमा हिंसा बढिरहेकाे छ । धेरैजसाे आक्रमण तालि

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...