अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

दशैँमा २०–२२ लाख यात्रु बाहिरिने गरेकाेमा यसपालि मात्रै डेढ/दुई लाख बाहिरिए

news

 
कात्तिक ९, २०७७ आइतबार 
काठमाण्डौ – यसपालिको दशैँका लागि डेढ दुई लाख नागरिकले मात्रै काठमाण्डौ छोडेका छन् । पोहोर, परारको दशैँमा २० देखि २२ लाख जना काठमाण्डौबाट बाहिरिने गरेकोमा यसपालि कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण धेरै जना गाउँघर गएका छैनन् । 
 
निजी गाडी हुनेहरु प्रायजसो गए पनि लामो दुरीका सार्वजनिक गाडी चढेर केही मात्रै गाउँ घर पुगेका छन् । कोरोना महामारीका कारण यसपालिको दशैँमा ३० देखि ३५ प्रतिशत मात्रै गाडी चलेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताउनुभयो । उहाँले यात्रु नभएकाले सबै सार्वजनिक गाडी चलाउन नसकिएको बताउनुभयो ।
 
आइतबार बिहानसम्ममा डेढ दुई लाख यात्रु मात्रै काठमाण्डौका विभिन्न नाका हुँदै बाहिरिएका उहाँले जानकारी दिनुभयो । उहाँले  लामो दुरीमा आइतबारदेखि खासै यात्रु नजाने पनि बताउनुभयो ।
 
लामो दुरीका बसले यात्रु नपाए पनि आइतबार काठमाण्डौ उपत्यका नजिकका नुवाकोट, धादिङ, काभ्रे, सिन्धुपाल्चोक, दोलखालगायतका जिल्लामा भने यात्रु जाने छन् ।
 
गएको २४ घण्टामा उपत्यकाका विभिन्न नाका हुँदै २० हजार नौ सय ८२ जना बाहिरिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क छ । यो अवधिमा आठ हजार चार सय ९४ यात्रु भने काठमाण्डौ भित्रिएका छन् । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...