अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

मान्यजनबाट आज पनि दशैँको टीका र जमरा लगाइँदै

news

कात्तिक ११, २०७७ मंगलबार 
काठमाण्डाै – दशैँको टिका र जमरा आज पनि लगाइँदैछ । हिजो लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर आज पनि टिका लगाउने गरिन्छ ।
 
नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ । तर यसवर्ष कोरोना सङक्रमण जोखिमका कारण चहलपहल र भेटघाट निक्कै घटेको छ ।
 
दशैंको मुख्य दिन अर्थात् विजयादशमी हिजो मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा ग्रहण गरी मनाइएको छ । नेपालभर पञ्चाङ्ग निर्णायक समितिको साइत अनुसार दशैँको टीका जमरा लगाउने गरे पनि डोल्पाको त्रिपुराकोटमा भने आफ्नै साइत अनुसार दशैँको टीका लगाउने प्रचलन छ ।
 
दशैँका लागि हिजो बिहान १० बजेर १९ मिनेटमा देशैभर टीकाको उत्तम साइत भए पनि त्रिपुराकोटमा भने गयरातिदेखि मात्र जमरा टीका लगाउन सुरु भएको छ । नेपालमै प्रसिद्ध शक्तिपीठका रुपमा रहेको त्रिपुरासुन्दरी मन्दिरमा बेलुकाको नित्य पूजापछि मात्रै सबैले घर घरमा टीका जमरा लगाउन सुरु गरेका पूजारी भानुचन्द्र उपाध्यायले बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...