अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

दशैँका कारण बन्द रहेका सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था आजदेखि खुल्ने

कात्तिक १२, २०७७ बुधबार 
काठमाण्डाै - दशैँका कारण बन्द रहेका सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था आजदेखि खुल्ने भएका छन् ।
 
दशैँ बिदा सकिएकाले आजदेखि सरकारी कार्यालय खुल्ने भएका हुन् । गएको ७ गते सप्तमीदेखि ५ दिन सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था बन्द रहेका थिए । दशैँ मनाउन कार्यक्षेत्रबाट घर गाउँ गएकाहरु पनि फर्कन थालेका छन् । यसवर्ष कोरोना सङ्क्रमण जोखिमका कारण खासै चहलपहल भने भएन ।
 
दशैँ बिदा सकिएकाले आजदेखि काठमाण्डौसहित मुख्य सहरमा केही चहलपहल बढ्नेछ । दशैँ टीकाको तेस्रो दिन आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम चलिरहेको छ । हिजो र अस्ति लगाउन नभ्याएका र टाढा-टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर कोजाग्रत पूर्णिमासम्म नै टीका लगाउने चलन छ ।
 
दशैँमा नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीकको रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...