अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

कोरोना विरुद्ध लड्न बाइडेनद्वारा टास्क फोर्स घोषणा, विज्ञान र विशेषज्ञको कुरालाई मान्ने

news

 
कात्तिक २५, २०७७ मंगलबार
काठमाण्डाै - राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोना भाइरसको महामारी नियन्त्रणको प्रयासका लागि टास्क फोर्स घोषणा गर्नु भएको छ ।
 
१३ सदस्यीय टास्क फोर्स गठनको घोषणासँगै उहाँले महामारीलाई नियन्त्रण गर्न विज्ञान र विशेषज्ञको कुरालाई मान्ने पनि बताएका बीबीसीले  जनाएको छ ।
 
उहाँले कोरोना महामारीलाई नियन्त्रण गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै आउनु भएको छ । यस्तै, बाइडेनले आफ्नो जीवन रक्षाका लागि मास्क लगाउन पनि आग्रह गर्नु भएको छ । तीव्र गतिमा कोरोना भाइरसको महामारी फैलिरहेकाले मास्कको प्रयोग गर्न उहाँले अनुरोध गर्नु भएको हो ।
 
बाइडेनले अझै खराब अवस्था आउन सक्ने सम्भावना रहेकाले सचेत हुन आग्रह गरेका बीबीसीले जनाएको छ । कोरोना महामारीसँग जुध्न र कोरोना विरुद्धको खोप खोजीका ठूलो चुनौती रहेको पनि बताउनु भएको छ । अमेरिका कोरोना भाइरसको महामारीबाट सबैभन्दा धेरै प्रभावित भएको देश हो ।
 
अमेरिकामा अहिलेसम्म एक करोड ४२ लाखभन्दा धेरैलाई संक्रमण भएको छ । ६५ लाखभन्दा धेरै निको भएका छन् भने दुई लाख ४४ हजारभन्दा धेरैको ज्यान गएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...