अहिले तरंगमा

केहि छिनमा

समाचार

आज काग तिहार र धनतेरस मनाइँदै

news

 
  कात्तिक २८, २०७७ शुक्रबार 
काठमाण्डाै - आज काग तिहार र धनतेरस मनाइँदैछ ।
कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहारमा कागलाई मीठो मीठो खानेकुरा खान दिइन्छ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले आज काग तिहार मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा.रामचन्द्र गौतमले बताउनुभयो ।
 
कागलाई सन्देशवाहकका रुपमा पूजा गर्ने गरिन्छ । यस अवसरमा काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा हुने गर्छ । यसैगरी हनुमानढोकामा रहेकाे कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा गरिन्छ । कार्तिक कृष्ण त्रयोदशीकै दिन सुरु हुने यमपञ्चक भने हिजो बेलुकादेखि सुरु भएको छ ।
 
यस वर्ष तिथिको घटबढका कारण यमपञ्चक हिजो बेलुकीदेखि नै सुरु भएको हो । यस्तै गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि आज मनाइँदैछ । धनतेरसमा गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भएर बस्ने मान्यता छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...