अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Songs & Add

समाचार

कोरोना भाइरस : फ्रान्समा आउँदो डिसेम्बरसम्म लकडाउन गरिने

news

 
  कात्तिक २९, २०७७ शनिबार 
काठमाण्डाै - फ्रान्समा कोरोना भाइरसका कारण गरिएको लकडाउन आउँदो डिसेम्बर महिनासम्म गरिने भएको छ ।
 
यो लकडाउनको अवधिमा तोकिएको समयमा भन्दा बाहेक मानिसहरु घरबाट बाहिर निस्कन पाउने छैनन् भने कतिपय प्रतिबन्ध गरिएका सेवाहरु पनि सञ्चालन गर्न नपाइने फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेस्कले बताउनुभएको छ । केही समयअघि फ्रान्सको सरकारले सङ्क्रमितहरु पहिलेको तुलनामा निकैनै बढ्न थालेपछि लकडाउन गरेको हो ।
 
प्रधानमन्त्री क्यास्टेस्कले पछिल्लो चरणमा देखा परेको कोरोना भाइरसको प्रभाव निकैनै रहेको देखिएको बताउनुभएको छ । उहाँका अनुसार फ्रान्समा पछिल्लो हप्ताको तथ्याङ्क हेर्दा हरेक दिन कम्तीमा पनि ५०० जनाको निधन नै हुने गरेको छ भने दैनिक हजारौँ जना सङ्क्रमितहरु थपिने गरेका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...