अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

समृद्धि र सुखका लागि एकताबद्ध हाेऔँ : प्रधानमन्त्री

news

 

  कात्तिक ३०, २०७७ आइतबार

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र नागरिककाे सुख प्राप्तिका लागि एकताबद्ध हुन आह्वान  गर्नुभएको छ । नेपाल सम्वत् ११४१ का अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उहाँले एकतामार्फत् नै ‘हामी समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने बताउनुभयो । 

 

सन्देशमा उहाँले जननिर्मित संविधानको संस्थागत कार्यान्वयनमार्फत देशलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेका उल्लेख गर्दै सिङ्गो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको छ भन्नुभयो । 

प्रधानमन्त्री ओलीले सन्देशमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट बच्न विशेष सतर्कता अपनाउँदै नेपाल सम्वत् लगायत पर्व मनाउन विशेष आह्वानसमेत गर्नुभएको छ । 

 

 

 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...