अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

छठको दोस्रो दिन, चन्द्रमालाई खीर चढाएर मनाइँदै

news

 
 
मंसिर ४,बिहिबार २०७७ , काठमाण्डौ ,
 
सूर्यको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठपर्व अन्तरगत आज दोस्रो दिन खरना, चन्द्रमालाई खीर चढाएर मनाइँदैछ । 
यस दिन बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खाने गरिन्छ। यसलाई खरना भन्ने गरिन्छ। हिजो बिहान बर्तालुले स्नान गरेसँगै यो पर्वको विधि शुरु भएको हो। आज गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रतालु दिनभर निर्जला व्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई खीर अर्पण गर्छन्। 
चार दिन सम्म मनाइने छठ पर्वको तेस्रो दिन भोलि गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूला गाँजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्छन् । 
अस्ताउँदो सूर्यलाई अघ्र्य दिई यो दिन तीनपटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यहीँ रात बिताइन्छ। र भोलिपल्ट बिहान उदाउँदो सुर्यलाई गाईको दूध, फूल र जलले अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...