अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

विश्वकप छनोट खेलमा अर्जेन्टिनाले पेरु र ब्राजिलले उरुग्वेलाई हरायो

news

 
  मंसिर ४, २०७७ बिहिबार 
काठमाण्डाै -  सन् २०२२ मा कतारमा हुने विश्वकपका लागि दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले पेरुलाई २-० गोलले हराएको छ ।
 
पेरुमा भएको खेलमा अर्जेन्टिनाले पहिलो हाफमै २ गोल गरेको हो । अर्जेन्टिनाका निकोलास गोन्जालेसले खेलको १७ औं मिनेटमा र लाउटरो मार्टिनेजले २८ औं मिनेटमा गोल गरे । जितपछि अर्जेन्टिना ४ खेलमा १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ । पेरु १ अंक सहित नवौं स्थानमा छ ।
 
त्यस्तै अपराजित ब्राजिलले उरुग्वेलाई २-० गोलले हराएको छ । ब्राजिलले पनि पहिलो हाफमै २ गोल गरेको थियो । ३४ औं मिनेटमा आर्थर र ४५ औं मिनेटमा रिचर्डलिसनले गोल गरेका हुन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...