अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

ईयूसँगको व्यापार वार्ता तत्कालका लागि ‘निकै कठिन’ – बेलायती प्रधानमन्त्री

news

 
  मंसिर २४, २०७७ बुधबार 
काठमाण्डाै – बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिटपछि ईयूसँगको व्यापार वार्ता तत्कालका लागि ‘निकै कठिन’ भएको बताउनुभएको छ ।
 
 
प्रधानमन्त्रीको ब्रुसेल्स भ्रमणको पूर्वसन्ध्यामा उहाँले यस्तो बताउनुभएको हो । ईयूसँगको व्यापार सम्झौताका लागि भएको लामो वार्तामा सफलताको खोजी गर्न प्रधानमन्त्री जोनसन यस हप्ता ब्रुसेल्स भ्रमण गर्दै हुनुहुन्छ । जोनसनले अर्को दुई दिनमा कहाँ पुगिने भनेर हेरिने तर बेलायत सरकार राजनीतिक वा अन्य कुनै पनि तहमा छलफललाई अघि बढाउन इच्छुक रहेको बताउनुभएको छ ।
 
प्रधानमन्त्री जोनसन भोलि ब्रुसेल्स जाने सम्भावना रहेको बीबीसीले जनाएको छ । यसैबीच युरोपेली सङ्घ (ईयूका) प्रमुख वार्ताकार मिसेल बार्नियरले बेलायतसँगको व्यापार वार्तामा ईयू एकताबद्ध हुने र कुनै अनावश्यक त्याग गर्न नसकिने बताउनुभएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...