अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

आज अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाइँदै

news

 
  मंसिर २६, २०७७ शुक्रबार 
काठमाण्डाै - आज, अन्तर्राष्ट्रिय पर्वतीय दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । 
 
 
पर्वतीय क्षेत्र नै पानीको मुख्य स्रोत भएकाले यसको संरक्षणमा जोड दिँदै आइएको छ ।  पिउन योग्य पानी र जीवनरक्षक धेरै जडिबुटी पर्वतीय क्षेत्रबाट नै पाइन्छ । 
 
पृथ्वीको कुल क्षेत्रमध्ये २२ प्रतिशत पर्वत क्षेत्र पर्ने र विश्वको कुल जनसंख्यामध्ये १५ प्रतिशत मानिस पर्वतीय क्षेत्रमा बसोबास गर्ने गरेको संयुक्त राष्ट्र संघले जनाएको छ । पछिल्लो समय जलवायु परिवर्तन र जनसख्या वृद्धिका कारण पर्वतीय क्षेत्रमा असर पर्न थालेको छ । 
 
यही असरलाई न्यूनीकरणमा जोड दिँदै हरेक वर्ष डिसेम्बर ११ मा यो दिवस मनाउने गरिएको छ । पर्वतीय जीवनका बारेमा सचेतना जगाउने उद्देश्यले राष्ट्रसंघको आह्वानमा सन् २००३ देखि पर्वतीय दिवस मनाउन सुरु गरिएको हो। 
 
पर्वतीय क्षेत्रमा बस्ने नागरिकको जनजीविका सहज बनाउन र पर्वतीय वातावरणलाई बिग्रन नदिन दिवसले जोड दिएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...