अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

तेह्रथुममा पोखरीमा डुबेर तीन बालिकाको ज्यान गयो

news

 
 
 
  मंसिर २८, २०७७ आइतबार 
 तेह्रथुम - तेह्रथुमको छथर गाउँपालिका वडा नम्बर ६ सुदापमा पोखरीमा डुबेर तीन जना बालिकाको ज्यान गएको छ ।
 
 
स्थानीय कृषक समूहले सिँचाइका लागि बनाएको प्लास्टिकको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर तीन जना बालिकाको ज्यान गएको छथर गाउँपालिकाका अधयक्ष सन्तवीर लिम्बुले जानकारी दिनुभयो ।
 
वडा नम्बर ६ की कोपिला लिम्बुका छोरीहरू ७ वर्षीया रञ्जना र ५ वर्षीया रोजनी तथा देवेन्द्र लिम्बुकी आठ वर्षीया छोरी सुहानाको ज्यान गएको अध्यक्ष लिम्बुले जानकारी दिनुभयो । हिजो दिउँसो घरबाट खेल्न निस्किएका तीनै जना अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा प्लास्टिक पोखरीमा डुबेको अवस्थामा शव भेटिएको उहाँले बताउनुभयो​ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...