अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

नाइजेरियाको एक विद्यालयमा बन्दुकधारी समूहले आक्रमण गर्दा सयौँ विद्यार्थी बेपत्ता

news

 
  मंसिर २८, २०७७ आइतबार 
काठमाण्डाै - नाइजेरियाको एक विद्यालयमा बन्दुकधारी समूहले आक्रमण गर्दा सयौँ विद्यार्थीहरु बेपत्ता भएका छन् । 
 
 
नाइजेरियाको कत्सिना राज्यमा रहेको सरकारी विद्यालयमा पठनपाठनको समयमा मोटरसाइकलमा आएका बन्दुकधारीहरु प्रवेश गरेपछि विद्यार्थीहरुबीच भागदौड मच्चिएको बीबीसीले जनाएको छ ।
 
बन्दुकधारीको आक्रमण लगत्तै  विद्यालयका सुरक्षागार्ड र नाइजेरियाली सेनाले स्थिति नियन्त्रणमा लिएको खबरमा उल्लेख छ । 
 
बन्दुकधारीहरु हवाईफायर गर्दै विद्यालयभित्र प्रवेश गरेका थिए । घटनाको समयमा विद्यालयमा ८ सयभन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेकोमा केहीले भागेर ज्यान जोगाएका छन् भने केही हराइरहेका छन् ।
 
घटनामा केही सुरक्षाकर्मीहरु घाइते भएका छन् । यसैबीच नाइजेरियाका राष्ट्रपति मोहमद बुहारीले घटनाको निन्दा गर्दै हराइरहेका विद्यार्थीहरुको खोजी कार्य तीव्र पार्न सम्बन्धित निकायहरुलाई निर्देशन दिनुभएको छ ।
 
यसअघि सन् २०१४ मा उत्तर पूर्वी नाइजेरियाको चिबोकको एक विद्यालयबाट विद्रोही समूह बोको हरामले २ सय ७० जना छात्राहरुको अपहरण गरेको थियो।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...