अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

गौतम बुद्ध कप क्रिकेट : आज वाग्मती र राप्ती खेल्दै

 
 
 
  मंसिर २८, २०७७ आइतबार
काठमाण्डाै - गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज  वाग्मती र राप्ती टिम खेल्दै छन् ।
 
 
खेल भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुने छ । हिजो भएको पहिलो खेलमा वाग्मती टिम नारायणीसंँग सुपर ओभरमा पराजित भएको थियो । प्रतियोगितामा राप्तीको यो पहिलो खेल हो। वाग्मती आज जित निकाल्दै फाइनल प्रवेशको लागि आफ्नो सम्भावना कायम राख्न चाहन्छ ।
 
फाइनल पुग्न वाग्मतीलाई आजको खेल जित्नै पर्ने दबाब रहेको छ । राप्ती एक खेल अगावै फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रने छ । राप्ती बिनोद भण्डारीको कप्तानीमा रहेको छ भने वाग्मतीको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन् । सिंगल राउण्ड रोबिनका आधारमा सञ्चालन हुने प्रतियोगितामा तीन टिम सहभागी छन् ।
 
शीर्ष दुई स्थानको टिमले मंसिर ३० गते फाइनल खेल खेल्नेछन् ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...