अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

समाज सुधारक बालागुरु षडानन्दको जन्मजयन्ती मनाइँदै

news

 
  पुस ४, २०७७ शनिबार 
काठमाण्डाै - बालागुरु षडानन्दको जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
 
नेपालमै पहिलोपटक नागरिकको सहयोगमा संस्कृत पाठशाला स्थापना गरेका षडानन्दको योगदानको सम्झना गरी जन्मजयन्ती मनाउन लागिएको हो । विसं १८९२ मंसिर शुक्ल पञ्चमीका दिन भोजपुरको दिङ्लामा जन्मनुभएका षडानन्दले विसं १९३२ मा संस्कृत पाठशाला स्थापना गर्नुभएको थियो ।
 
यो औपचारिकरुपमा स्थापना भएको नेपालको पहिलो पाठशाला मानिन्छ । षडानन्दले दिङ्ला भञ्ज्याङमा हरेक शनिबार हाटबजार लाग्ने व्यवस्था समेत मिलाउनुभएको थियो । रुद्राक्ष खेतीलाई व्यावसायीक खेती गर्न समेत उहाँको योगदान छ । रुद्राक्ष खेती अहिले भोजपुर, सङ्खुवासभा, धनकुटालगायतका जिल्लामा गर्ने गरिन्छ ।
 
षडानन्दले सतीप्रथा उन्मूलनका लागि समेत उत्प्रेरित गर्नुभएको उहाँका विषयमा अन्वेषण गरिरहनुभएका यादव चापागाईँ बताउनुहुन्छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...