अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

चीनले कोरोना विरुद्धको खोप छिट्टै खुला गर्ने : पाँच वटा खोप परीक्षणको अन्तिम चरणमा

news

 
  पुस ४, २०७७ शनिबार 
काठमाण्डाै - चीनले सर्वसाधारणका लागि कोभिड-१९ विरुद्धको खोप छिट्टै खुला गर्ने तयारी गरेको छ ।
 
 
केही हप्ताभित्रै सर्वसाधारणका लागि खोप खुला गर्ने तयारी भइरहेको चिनियाँ स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । चीनले दक्षिणपश्चिमी सिचुआन प्रान्तमा सर्वसाधारणको लागि कोराेनाकाे खोप कार्यक्रम सञ्चालन गर्नेछ । तर केन्द्र सरकारले यसबारे अझै स्वीकृति भने दिइसकेको छैन ।
 
चीनमा सुरुमा उच्च जोखिममा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी तथा अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्राथमिकतामा राखिएको छ । चीनले विकास गरेका विभिन्न पाँच वटा कोरोना भाइरस विरुद्धका खोपहरू परीक्षणको अन्तिम चरणमा रहेका छन् ।
 
अहिलेसम्म कुनै पनि खोप प्रयोगका लागि आधिकारिक स्वीकृति प्राप्त भएको छैन । चीनमा गएकाे वर्ष कोरोना भाइरस भेटिएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...