अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

ला लिगा : भ्यालेन्सियासँगको खेलमा बार्सिलोना बराबरीमा रोकियो, मेस्सीले राखे कीर्तिमान

news

 
  पुस ५, २०७७ आइतबार 
काठमाण्डाै - स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियासँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । खेलमा अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले भने पेलेको नाममा रहेको एकै क्लबबाट सबैभन्दा धेरै ६ सय ४३ गोलको कीर्तिमान बराबरी गरेका छन् ।
 
 
३३ वर्षीय मेस्सीले पहिलो हाफको अन्तिममा डाइभिङ हेडरको साथमा याे कीर्तिमान राखेका हुन् । उनले प्रहार गरेको पेनाल्टी भ्यालेन्सियाका गोलरक्षक जाउमी डोमेनेचले बचाएपछि फर्किएको बललाई गोलमा परिणत गरेका हुन्।
 
मेस्सीले बार्सिलोनाका लागि पहिलो गोल सन् २००५ मा अल्बाकेटेका लागि गरेका थिए । पेलेले सन् १९५६ देखि १९७४ सम्म ब्राजिलको सान्तोसमा रहेर १९ सिजनमाद ६ सय ४३ गोल गरेका थिए । मेस्सीले १५ सिजनमै यो सफलता हासिल गरे ।
 
तर, बार्सिलोना​ अंक तालिकाको मध्यतिर रहेको टोलीसँग बराबरीमा रोकिन पुगेकाे छ । बार्सिलोना अझै पनि शीर्ष स्थानको एट्लेटिको मड्रिडभन्दा ८ अंकले पछाडि छ । गएराति भएकाे खेलमा एल्चेलाई ३–१ गोलअन्तरले पराजित गरी एट्लेटिकोले २९ अंक बनाएको हो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...