अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

वृहस्पति र शनि ग्रह नजिक हुँदै, नेपालका सबै ठाउँबाट अवलोकन गर्न सकिने

news

 
  पुस ६, २०७७ सोमबार 
काठमाण्डाै - सौर्यमण्डलको सबैभन्दा ठूला दुई ग्रह वृहस्पति र शनि सोमबार राति नजिक हुँदैछन् ।
 
 
वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डाक्टर सनतकुमार शर्माले यी दुई ग्रह नजिक आउनु प्राकृतिक प्रक्रिया भए पनि धेरै वर्षपछि नजिक देखिनु खगोलशास्त्री र अन्तरिक्षविद्का लागि विशेष महत्त्व रहने बताउनुभयो ।
 
वृहस्पति र शनि ग्रहबीचको यस्तो प्रक्रिया हरेक २० वर्षको अन्तरालमा देखिए पनि रातिको समयमा नजिक भएर अवलोकन गर्न सकिने अवस्था आठ सय वर्षपछि मात्र आएको हो । उहाँका अनुसार यस्तो दुर्लभ दृश्य नेपालका सबै ठाउँबाट खाली आँखाले अवलोकन गर्न सकिन्छ ।
 
उहाँले शनि र वृहस्पति बिहान ९ बजेअघि नै उदाउने र साढे ७ बजे अस्ताउने भएकाले तथा वृहस्पति र शनिभन्दा माथि त्यही समयमा अर्धचन्द्रमासहित देखिने भएकाले पौने ६ बजेदेखि ७ बजेभित्र अवलोकन गरिसक्नुपर्ने बताउनुभयो।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...