अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

कोरोना प्रभावितका लागि अमेरिकामा नौ खर्बको नयाँ राहत प्याकेजमा सहमति

news

 
 
 
  पुस ६, २०७७ सोमबार 
काठमाण्डाै - कोरोना प्रभावितका लागि अमेरिकामा झण्डै नौ खर्ब डलर बराबरको राहत प्याकेज ल्याइएको छ ।
 
 
महिनौँदेखिको खिचातानीपछि अमेरिकी सांसदहरू राहत प्याकेज ल्याउन सहमत भएका बीबीसीले उल्लेख गरेको छ । व्यापार, व्यवसाय सञ्चालन तथा बेरोजगारले पाउने सुविधा दिनका लागि त्यसमा रकम समेटिएको छ । आममानिसलाई दिइने खोपका लागि र विद्यालयहरू पुनः सञ्चालनमा ल्याउनका लागि सहयोग गर्न पनि त्यसको प्रयोग गरिने छ ।
 
यो महिनाको अन्त्यतिर कोभिड–१९ सँग सम्बन्धित धेरैजसो सहायता कार्यक्रमको म्याद सकिन लागेका बेला पछिल्लो सहमति भएको हो । बेरोजगार नागरिकले पाउने सुविधामा पहुँच पाउनबाट झण्डै एक करोड २० लाख अमेरिकी नागरिकहरू वञ्चित हुन लागेका थिए ।
 
गएको बिहीबार सार्वजनिक तथ्याङ्कअनुसार गएको हप्ता आठ लाख ८५ हजार बेरोजगार नागरिकले आफूले पाउने सुविधाका लागि आवेदन दिएका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...