अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

नेपाली खेलकुदको अभिलेखीकरण गरिने

news

 
  पुस ६, २०७७ सोमबार 
काठमाण्डाै - नेपाली खेलकुदको अभिलेखीकरण गरिने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)को सहयोगमा नेपाली खेलकुदको डिजिटल अभिलेखीकृत गर्न लागिएको हो । नेपाल ओलम्पिक कमिटीले नेपाली खेलकुदको क्षेत्रमा दूरगामी प्रभाव पार्ने अभिलेखीकरणको परियोजनाको थालनी भएको जनाएको छ । 
 
 
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले परियोजना ऐतिहासिक भएको बताउनुभयो । खेलकुदको इतिहासलाई जगेर्ना गर्न सङ्ग्रहालयको परियोजना सफल हुने उहाँको भनाइ थियो । पहिलो चरणको सहयोगअन्तर्गत सङ्ग्रहालयको कामअघि बढाइएको र अरू काम पनि साथसाथै अघि बढाइने श्रेष्ठले बताउनुभयो । 
 
नेपाल ओलम्पिक कमिटीको अनुरोधमा आईओसीले अभिलेखीकरणको परियोजना सञ्चालन गर्न सहयोग गरेको हो । यस परियोजनाका लागि एनओसीले सोलिडारिटी कार्यक्रमअन्तर्गत पहिलो चरणमा १५ हजार अमेरिकी डलर प्राप्त गरेको छ । 
 
खेलकुदको इतिहासमा अभिलेखीकृत गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्न परियोजना सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयो ।​ एनओसी र नेपाल ओलम्पिक सङ्ग्रहालयको सहकार्यमा नेपाली खेलकुदको डिजिटल अभिलेख प्रोजेक्ट २०२०– २०२१ सुरु भएको हो । 
 
यस कार्यक्रमका लागि नेपाल ओलम्पिक कमिटी र ओलम्पिक सङ्ग्रहालयबीच गएकाे मार्चमा सम्झौता भएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...