अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

४० भन्दा धेरै देशले बेलायतबाट हुने आगमन रोके, कोरोनाको नयाँ प्रकारप्रति अन्तर्राष्ट्रिय चिन्ता

news

 
  पुस ७, २०७७ मंगलबार 
काठमाण्डाै - बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ता बढ्दो छ  ।
 
 
अहिलेसम्म ४० भन्दा धेरै देशले बेलायतबाट हुने आगमनमा रोक लगाएका छन् । बेलायत र त्यहाँबाट हुने यात्रामा प्रतिबन्ध लगाउने देशहरूको सूची थपिँदै गर्दा विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले त्यसको जोखिमको सन्दर्भबारे ध्यान दिन भनेको छ ।
 
डब्ल्यूएचओका आपत्कालीन मामिला प्रमुख माइक रायनले भाइरसको नयाँ प्रकार महामारीमा हुने विकासको एउटा सामान्य हिस्सा भएको भन्दै त्यो नियन्त्रण बाहिर नरहेको बताउनु भएको छ । यस्तै, युरोपेली सङ्घले संकट समाधानमा साझा नीति बनाउन वार्ता गरिरहेको छ ।
 
संघमा आबद्ध २७ देश कसरी अगाडि बढ्ने भन्ने विषयमा छन् । बेलायतसँगै डेनमार्क, अस्ट्रेलिया, इटाली र नेदरल्यान्ड्समा पनि नयाँ प्रकारको कोरोना भाइरसको सङ्क्रमण पाइएको बीबीसीले जनाएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...