अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले लगाए खोप

news

 
  पुस ७, २०७७ मंगलबार 
काठमाण्डाै - अमेरिकाको राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाउनुभएको छ ।
 
 
बाइडेनले फाइजर–बायोएनटेकले बनाएको खोप लगाउनुभएको हो । खोप लगाउनु सुरक्षित रहेको भन्ने सन्देश सर्वसाधारणमा प्रवाह गर्नका लागि आफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनको प्रतिक्रिया छ । 
 
डेलवरको नेवार्कमा खोप लगाएका बाइडेनले खोपलाई लिएर चिन्ता गर्नु नपर्ने बताउनुभयो । बाइडेनकी श्रीमती डा. जिल बाइडेनले पनि खोपको लगाउनुभएको छ । उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस र उहाँका श्रीमान डग एमहोफले पनि आउँदो हप्ता खोपको पहिलो डोज लिने तयारी छ ।
 
अमेरिकामा अहिलेसम्म पाँच लाखभन्दा धेरै अमेरिकीले खोप लगाइसकेका बीबीसीमा उल्लेख छ । कोरोना भाइरसको महामारीका कारण सबैभन्दा प्रभावित भएको अमेरिकामा सङ्क्रमितको संख्या एक करोड ८४ लाखभन्दा बढी छ । यस्तै अहिलेसम्म तीन लाख २६ हजारको ज्यान गएको छ ।
 
 
 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...