अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटः उद्घाटन खेल लुम्बिनी र प्रदेश २ बीच हुने

news

 
 
 
  पुस ७, २०७७ मंगलबार 
काठमाण्डाै - प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तालिका सार्वजनिक भएको छ ।
 
 
महिला र पुरुष दुवैको प्रधानमन्त्री कप पुस ११ गतेदेखि सुरु हुने भनिए पनि क्यानले महिलातर्फको तालिका सार्वजनिक गरेको हो ।
 
उद्घाटन खेलमा लुम्बिनी प्रदेश र प्रदेश नम्बर २ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । २० ओभरमा हुने प्रतियोगिता दाङको लमहीमा यही ११ गतेदेखि सुरु भएर १९ गते सकिनेछ । प्रतियोगितामा हरेक दिन दुईवटा प्रतिस्पर्धा हुनेछन् ।
 
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघको आयोजनामा हुने प्रतियोगितामा ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह 'ए' मा विभागीय क्लब एपीएफ, प्रदेश २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् भने समूह 'बी' मा सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर एक रहेका छन् ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...