अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Aandhikhola Khabar

समाचार

देशभर मतदाता नामावली सङ्कलनको काम स्थगित

news

 
  पुस ८, २०७७ बुधबार 
काठमाण्डौ – निर्वाचन आयोगले मतदाता नामावली सङ्कलनको काम स्थगित गरेको छ ।
 
आउँदो बैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा भएकाले ७७ वटै जिल्लामा भइरहेको मतदाता नामावली सङ्कलनको काम स्थगित गरेको आयोगले जनाएको छ । अद्यावधिक चुनावका लागि तयारी गर्नुपर्ने भएकाले तत्कालका लागि मतदाता नामावली स्थगित गर्नुपरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
 
आयोगले अहिलेसम्म सङ्कलन भएका मतदाता नामावलीलाई अद्यावधिक गरेर मतदाताको सूचीमा समावेश गर्ने जनाएको छ । त्यसका लागि आयोगले प्रक्रिया अघि बढाउने जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...