अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

बेलायतसँगको यात्रा प्रतिबन्ध हटाउन आफ्ना सदस्य राष्ट्रहरूलाई ईयूको आग्रह

news

 
  पुस ८, २०७७ बुधबार 
काठमाण्डौ – ईयूले बेलायतसँगको यात्रा प्रतिबन्ध हटाउन आफ्ना सदस्य राष्ट्रहरूलाई आग्रह गरेको छ ।
 
 
युरोपेली आयोगले ईयूमा आबद्ध देशहरूलाई कोरोनाभाइरसको नयाँ प्रकारलाई लिएर बोलायतसँगको यात्रामा लगाइएको प्रतिबन्ध हटाउन सिफारिस गरेको बीबीसीले जनाएको छ । ईयूका २७ सदस्य राष्ट्रका राजदूतहरूको बैठकअघि आयोगले पछिल्लो सिफारिस गरेको हो । सीमा नियन्त्रणसम्बन्धी आ–आफ्ना नीति अपनाउन स्वतन्त्र भएकोले सदस्य राष्ट्रहरूले आफ्नो कदमलाई निरन्तरता पनि दिन सक्छन् ।
 
यसअघि फ्रान्सले बेलायतसँग जोडिएका सिमाना बन्द गर्दा दुई देशबीच सामान ओसारपसार गर्ने हजारौँ लरीहरू अलपत्र परेका छन् । ईयूका सबै २७ सदस्य राष्ट्रले बेलायतबाट हुने यात्रामा अहिले प्रतिबन्ध लगाएका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...