अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Songs & Add

समाचार

फ्रान्समा कोरोनाको नयाँ प्रजाति फेला : बेलायतबाट गएका एक व्यक्तिमा सङ्क्रमण पुष्टि

news

 
  पुस ११, २०७७ शनिबार 
काठमाण्डाै - फ्रान्समा पनि कोरोना भाइरसको नयाँ प्रजाति फेला परेको छ ।
 
 
डिसेम्बर १९ अर्थात् गएको पुस ४ गते बेलायतबाट फ्रान्स गएका टुअर्स सहरका एक व्यक्तिमा नयाँ स्वरूपको कोरोना भाइरसको सङ्क्रमण देखिएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । ती व्यक्ति आइसोलेशनमा रहेका छन् । यसअघि बेलायत र दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ प्रजाति भेटिएको थियो ।
 
बेलायत र दक्षिण अफ्रिकामा फेला परेको कोरोनाको नयाँ सङ्क्रमण पहिलेको भन्दा निकै घातक रहेको बीबीसीले जनाएको छ । कोरोना भाइरसविरुद्धका खोपहरु प्रयोग भैरहेका बेला नयाँ प्रजातिको भाइरस अझ खतरनाक बनेर फैलिन थालेपछि अन्तर्राष्ट्रिय चासो र चिन्ता बढेको छ ।
 
नयाँ भाइरस कोरोना भाइरसभन्दा ७० प्रतिशत बढी फैलिन सक्ने स्वास्थ्य विज्ञले बताउँदै आएका छन् । बेलायतमा नयाँ भाइरस देखिएपछि विभिन्न देशले उच्च सर्तकता र लकडाउन समेत गरेका छन् ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...