अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

संसद विघटनविरुद्ध १३ गते देशभर प्रदर्शन गर्न देउवाको अपिल

news

 
 
 
 
११ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यहीँ पुस १३ गते प्रतिनिधिसभा विघटविरुद्ध देशैभर प्रदर्शन गर्न अपिल गर्नुभएको छ ।
 
शिनबार अपिल जारी गर्दै सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार देशभका १६५ वटै निर्वाचन क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध प्रदर्शन गर्न आह्वान गर्नुएको हो ।
 
 
 
प्रतिनिधिसभा विघटनको घटनाका पार्टीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेकोले त्यसविरुद्धको आन्दोलनमा सहभागिताका लागि सभापति देउवाले सबैलाई आग्रह गर्नुभएको छ ।
 
उहांले संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्णरुपले एकमतका साथ उभिएको समेत प्रष्ट्याउनुभएको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...