अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

चिनियाँ उप-मन्त्रीसहितको टोली नेपाल आउँदै : नेकपाका नेताहरुसँग भेटघाट गर्ने

news

 
  पुस १२, २०७७ आइतबार 
काठमाण्डाै – चिनियाँ उप-मन्त्रीसहितको टोली आज नेपाल आउने भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपामा राजनीतिक संकट गहिरिँदै गएका बेला चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वको टोली आज काठमाण्डौ आउन लागेको हो ।
 
 
टोली बेइजिङबाट छङ्तुको बाटो हुँदै दिउँसो काठमाण्डौ आइपुग्ने कार्यक्रम छ । तर भ्रमणबारे चिनियाँ दूतावास र नेपाल सरकारले थप जानकारी गराएका छैनन् । उपमन्त्री गुओसहित ४ जनाको टोलीले नेकपाका शीर्ष नेताहरुसँग भेटघाट गर्नेछन् ।
 
नेकपामा विभाजन आएपछि चिनियाँ कम्युनिष्ट पार्टीले चासो र चिन्ता व्यक्त गरेको छ । नेकपा विभाजनपछि यसअघि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति, प्रधानमन्त्रीका साथै नेकपाका शीर्ष नेताहरुलाई भेट गर्नुभएको थियो । भेटमा उहाँले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा जानकारी लिनुभएको थियो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...