अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

प्रधानमन्त्री कप महिला क्रिकेटमा आज लुम्बिनी र कर्णाली तथा एपीएफ र प्रदेश २ खेल्दै

news

 
  पुस १२, २०७७ आइतबार 
काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय महिला ट्वान्टी ट्वान्टी क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् ।
 
 
दाङको देउखुरी मैदानमा बिहान साढे ९ बजेपछि कर्णाली प्रदेश र लुम्बिनी प्रदेश खेल्नेछन् । लुम्बिनी प्रदेश लगातार दोस्रो जितको खोजीमा हुनेछ भने कर्णाली प्रदेश पहिलो जितको खोजीमा हुनेछ । लुम्बिनी प्रदेशले पहिलो खेलमा हिजो प्रदेश २ लाई हराएको थियो ।
 
कर्णाली प्रदेश भने एपीएफसँग पराजित भएको थियो । यस्तै आजै दिउँसो एपीएफ र प्रदेश नम्बर २ बीच प्रतिस्पर्धा हुनेछ । एपीएफ पनि लगातार दोस्रो जितको लक्ष्यका साथ मैदान उत्रनेछ । प्रदेश २ भने पहिलो जितको खोजीमा हुनेछ । दुई समूहमा विभाजन गरिएको यो प्रतियोगिताका शीर्ष २ टिम सेमिफाइनल पुग्नेछन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...