अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

दक्षिण अफ्रिकामा पनि कोरोना सङ्क्रमितको संख्या १० लाख नाघ्यो

news

पुस १३, २०७७ सोमबार 
काठमाण्डाै - दक्षिण अफ्रिकामा कोरोना सङ्क्रमितको संख्या १० लाख नाघेको छ ।
 
 
पछिल्लो २४ घण्टामा नौ हजार पाँच सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएसँगै दक्षिण अफ्रिकामा कोरोना भाइरस सङ्क्रमितको संख्या १० लाख चार हजार नाघेको बीबीसीले जनाएको छ । दक्षिण अफ्रिकामा छिटो फैलिने नयाँ कोरोना भाइरस पनि भेटिएको त्यहाँका अधिकारीहरूले पुष्टि गरेका छन् ।
 
नयाँ प्रकारको भाइरस भेटिनुको साथै सङ्क्रमण फैलने क्रम तीव्र बनेपछि राष्ट्रपति सिरिल रामाफोसाले भाइरस फैलिन नदिन कडा प्रतिबन्धको घोषणा गर्ने बताउनुभएको खबरमा उल्लेख छ । दक्षिण अफ्रिकामा कोरोना सङ्क्रमणबाट २६ हजार ७ सय ३५ जनाको ज्यान गएको छ ।
 
दक्षिण अफ्रिकासहित सङ्क्रमितको संख्या १० लाखभन्दा धेरै हुने देशको संख्या १८ पुगेको छ । अहिलेसम्म अमेरिका, भारत, ब्राजिल, रुस, फ्रान्स, बेलायत, टर्की, इटली, स्पेन, जर्मनी, कोलम्बिया, अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, इरान, युक्रेन र पेरुमा सङ्क्रमितको संख्या १० लाख नाघेको छ ।
 
विश्वका दुई सय १८ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म आठ करोड ११ लाख २६ हजारभन्दा धेरैमा सङ्क्रमण भएकोमा १७ लाख ७१ हजारभन्दा धेरैको ज्यान गइसकेको छ । पाँच करोड ७२ लाख ८० हजारभन्दा धेरै निको भएका छन् ।
 
अहिले विश्वमा दुई करोड २० लाख ७४ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...