अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

प्रधानमन्त्री कप अन्तर्गत आज दुई वटा खेल हुँदै

news

 पुस १३, २०७७ सोमबार 
काठमाण्डाै - प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई वटा खेल हुँदैछन् ।
 
 
समूह 'ए 'को समूहचरणको अन्तिम खेल हुन लागेको हो । दाङको देउखुरी क्रिकेट रंगशालामा साढे नौ बजेबाट सुरु हुने पहिलो खेलमा प्रतियोगिताबाट बाहिरिसकेका कर्णाली र प्रदेश २ का बीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा दिउँसो सेमिफाइनल पुगिसकेका एपीएफ र लुम्बिनी समूह प्रतिस्पर्धा गर्नेछन् ।
 
दुवै टिम सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछन् । आजको खेलको नतिजाबाट समूह 'ए' को विजेता र उप-विजेताको टुंगो लाग्ने छ । समूह 'बी'मा सुदूरपश्चिम प्रदेश, प्रदेश १, गण्डकी र वाग्मती प्रदेश रहेका छन् ।
 
समूह 'बी'को खेल भोलिदेखि सुरु हुने छ । सेमिफाइनलका दुवै खेल १८ गते हुनेछ भने फाइनल खेल १९ गते हुनेछ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...