अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

कोरोनाकाे जाेखिमकाबीच बेलायतमा विद्यालय खुलाउने सरकारको तयारी

news

 
 
 
  पुस २०, २०७७ सोमबार 
काठमाण्डौ -  बेलायतमा कोरोना भाइरसको सङ्क्रमणको जोखिमकाबीच विद्यालय  खुलाउने तयारी भएको छ । 
 
 
प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाको जोखिम बढे पनि विद्यालय खुलाउन समस्या नभएको भन्दै बालबालिकालाई विद्यालय पठाउन आग्रह गर्नु भएको छ । 
 
विद्यालय लामो समयदेखि बन्द रहँदा बालबालिकाको भविष्यमा अन्योल  बढ्न सक्ने र लाखौँ विद्यार्थीको पढाइमा समस्या भएको भन्दै उहाँले अभिभावकलाई खुला गरिने विद्यालयमा आफ्ना बालबालिकालाई पठाएर सहयोग गर्न आग्रह गर्नु भएको बीबीसीले जनाएको छ । 
 
कोरोनाको जोखिम रहेकाले यो भाइरसविरुद्ध कडा प्रतिबन्धात्मक नियमलाई भने लागू गर्नुपर्ने अवस्था आउन सक्ने उहाँको भनाइ छ । आउँदो केही हप्तामा बेलायतका केही ठाउँमा कडा प्रतिबन्धात्मक नियम लाग्न सक्ने जोनसनले बताउनु भएको छ । बेलायतले एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोभिडविरूद्धको खोप प्रयोगका लागि अनुमति दिइसकेको छ । 
 
आजदेखि झण्डै  पाँच लाख ३० हजार डोज खोप लगाउने व्यवस्था सरकारले मिलाएको छ । बेलायतमा अहिलेसम्म २६ लाख ५४ हजारभन्दा धेरैमा कोरोनाको सङ्क्रमण देखिएको छ भने ७५ हजार जनाभन्दा धेरैको ज्यान गएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...