अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

अस्वाभाविक मूल्यवृद्धिबारे अनुगमन : बिल र विवरण बुझाउन व्यवसायीलाई निर्देशन

news

 
 
  पुस २१, २०७७ मंगलबार 
काठमाण्डाै - बजारमा अस्वाभाविकरुपमा मूल्यवृद्धि भएको गुनासो बढेपछि सरकारले अनुसन्धान थालेको छ ।
 
 
बजारमा खाने तेल र छड तथा सिमेन्टको मूल्य अस्वाभाविक रुपमा बढेको भन्दै उपभोक्ताले गुनासो गरेपछि अनुसन्धान थालेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक शिवराज सेढाईँले बताउनुभयो । उहाँकाअनुसार सामान आयात गर्दाको सबै बिल र विवरण बुझाउन विभागले व्यवसायीलाई निर्देशन दिएको छ ।
 
सम्बन्धित व्यवसायीलाई विभागमा बोलाएर  मूल्यवृद्धिबारे छलफल गरेको र सबै बिल तथा विवरण बुझाउन निर्देशन दिएको उहाँले जानकारी दिनुभयो । अनुसन्धानका क्रममा अप्राकृतिक ढंगले मूल्य बढाएको पाइए कारबाही गरिने पनि उहाँले बताउनुभयो ।
 
छलफलका क्रममा व्यवसायीले विदेशमा नै कच्चा पदार्थको मूल्यवृद्धि भएको तथा केही देशमा मजदुरको आन्दोलनका कारण नियमित आयात गर्न नसक्दा नेपाली बजारमा मूल्य बढेको बताएका छन्  ।  बजारमा अहिले तोरीको तेलबाहेक अन्य तेल र छड तथा सिमेन्टको भाउ बढेको छ ।
 
विभागले दैनिक चार जटा टोली खटाएर बजार अनुगमन गरिरहेको बताए पनि उपभोक्ताले भने राहत नभएको गुनासो गर्दै आएका छन् ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...