अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

उखु किसानकाे गुनासाे : सम्झौताअनुसार भुक्तानी पाइएन

news

 
  पुस २३, २०७७ बिहिबार 
काठमाण्डाै - सरकारसँग भएको सम्झौताअनुसार भुक्तानी नपाएको उखु किसानले गुनासो गरेका छन् । 
 
 
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग गएकाे पुस १४ गते चार बुँदे सम्झौता भएपछि आफूहरुले आन्दोलन स्थगित गरेको, तर अझै भुक्तानी नपाएको किसानको भनाइ छ ।
 
सम्झौता भएको आठ दिन बितिसक्दा समेत भुक्तानी नभएको उखु किसान सङ्घर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताउनुभयो । आन्दोलन गरिरहेको अवधिमा ३३ करोड रुपैयाँ किसानको खातामा आएको तर सम्झौता भएको नौ दिन भइसक्दा पनि किसानको खातामा बाँकी रुपैयाँ नआएको उहाँको भनाइ छ । 
 
सम्झौता भएको दिनदेखि २१ दिनभित्र सबै बक्यौता रकम भुक्तानी गराउने मन्त्रालयले प्रतिवद्धता जनाएको थियो । किसानको भुक्तानी नदिएका कारण सरकारले उद्योगीको खाता रोक्नुका साथै जग्गा जमिनसमेत रोक्का गरेको छ । 
 
उद्योगीले यही बहानामा किसानको भुक्तानी नदिएको मिश्रले बताउनुभयो । उद्योग मन्त्रालयले भने किसानको भुक्तानी दिनका लागि खाता रोक्काले कुनै बाधा नहुने जनाएको छ । यो महिनाभित्र पनि भुक्तानी नभए फेरि आन्दोलन गर्ने उखु किसानले चेतावनी दिएका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...