अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

प्रदूषण घटेको सत्य हो, तर ढुक्क हुन सकिँदैन

news

 
 
 
  पुस २३, २०७७ बिहिबार  | भूषण तुलाधर
काठमाण्डाै - बादल हटेर आकाश खुला भएपछि  वायु प्रदूषण कम भएको छ । तर पनि जाडोेको समयमा प्रदूषण बढी नै हुने गर्छ । गएको दुई तीन, दिन बादल लागेर मौसम बद्ली हुँदा प्रदूषण धेरै नै बढ्यो ।
 
 
प्रदूषण बढेर घटेपछि फेरि बढ्दैन भन्ने हुँदैन । जाडो समय र पानी राम्ररी नपरेका कारण आकाश खुल्दा पनि प्रदूषणको मात्रा अझै धेरै नै छ । प्रदूषणको मात्रा केही घटेको हो । तर पुरै घटेको छैन । आकाश खुलेर हावा चल्न थालेपछि वायु प्रदूषण थोरै घटेको छ ।  प्रदूषण घटेको कुरा सत्य हो । तर ढुक्क भने हुन सकिँदैन । 
 
आकाश पुरै खुल्नुको अर्थ प्रदूषण धेरै नै घट्यो भन्ने होइन । प्रदूषणको उत्पादन हामीले नै गर्दै आएका छौँ । हिजो अस्तिको प्रदूषण हामीले नै उत्पादन गरेको हो । बादल लागेर प्रदूषण बाहिर जान पाएन ।  जसले गर्दा प्रदूषण जहाँको त्यही रह्यो । अनि उकुसमुकुस भयो । आकाश केही खुलेपछि प्रदूषण हावामा मिसिन्छ । त्यसपछि प्रदूषण बाहिर जान पाउँछ ।
 
हामीले नै प्रदूषण उत्पादन गर्ने भएकाले  हावा चल्दा वा घाम लाग्दा पनि प्रदूषण रहीरहन्छ । तर हिजोअस्तिको जस्तो उच्च अवस्थामा पुग्दैन । काठमाण्डौमा पहिला पनि प्रदूषण  थियो । आज पनि छ । हामीले नियन्त्रणका लागि केही पनि गरेनौँ भने  भोलि पनि हुनेछ । 
 
अरु समयको तुलनामा जाडो समयमा वायु प्रदूषण धेरै हुनुको मुख्य दुई वटा कारणहरु छन् । पहिलो कारण प्राकृतिक कारण हो । जाडो समयमा जमिन निक्कै चिसो हुन्छ । बादल लागेपछि ढक्कनको काम गर्ने भएकाले प्रदूषण बाहिर जान पाउँदैन । जसका कारण प्रदूषण बढ्ने गर्छ । घाम लागेपछि मात्रै प्रदूषण बाहिर जान पाउँछ । जाडो महिनामा पानी नपर्ने वा परे पनि  थोरै पर्ने भएकाले पनि प्रदूषणको जोखिम धेरै हुन्छ  । 
 
दोस्रो कारण भनेको जाडोमा प्रदूषण उत्पादन गर्ने स्रोत पनि धेरै हुन्छन् । चिसोबाट बच्नका लागि धेरैले  आगो बाल्छन् । आगो बाल्दा पनि वातावरण प्रदूषित हुन्छ । इँटाभट्टाहरु  जाडो महिनामा सञ्चालन गरिन्छ । त्यसले पनि वातावरण प्रदूषित बनाउनमा भूमिका खेल्छ । यसवर्ष कोरोना भाइरसका कारण धेरै इँटाभट्टा सञ्चालनमा छैनन् । थोरै सञ्चालनमा भए पनि त्यसले पनि प्रदूषण बढाउँछ । हाम्रै कारणले  वातावरण प्रदूषित हुन्छ, प्रकृतिले बाहिर जानबाट रोक्छ । 
 
काठमाण्डौ उपत्यका कचौरा आकारको भएकाले हावा बाहिर जाने ठाउँ सीमित छ । जसले गर्दा प्रदूषण जहाँको त्यहीँ रहने सम्भावना धेरै हुन्छ । काठमाण्डौ घनाबस्ती भएको ठाउँ हो ।काठमाण्डौमा अरु पनि थुप्रै प्रदूषणका स्रोतहरु छन् । गाडीहरु धेरै छन् । त्यसकारण पनि  काठमाण्डौ उपत्यकालाई वायु प्रदूषणको जोखिमका हिसाबले बढी स‌ंवेदनशील क्षेत्र मानिन्छ । प्रदूषण नियन्त्रणका लागि सरकारले विभिन्न प्रयासहरु गरेको भए पनि त्यो पर्याप्त छैन । 
 
प्रयास मात्रै गर्नु पनि राम्रो कुरा हो । तर जति प्राथमिकता दिनुपर्ने थियो त्यति भने दिन सकेको छैन । सरकारले काठमाण्डौको वायु प्रदूषण नियन्त्रणका लागि कार्ययोजना नै बनाइसकेको छ । त्यसलाई मन्त्रिपरिषद् बैठकले पनि स्वीकृति दिइसकेको छ । तर कार्यान्वयन हुन सकेको छैन । प्रदूषण वातावरणको मात्रै समस्या होइन । जनस्वास्थ्यको समेत समस्या हो । यो भनेको सबै  नागरिकको स्वास्थ्यको समस्या हो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...